धनगढी । कैलालीमा शनिबार बिहान परेको असिना पानीले कृषि बालीमा क्षति गरेको छ ।
वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषि बालीमा क्षति गरेको हो ।
जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन् ।
जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतको क्षेत्रमा असिना परेको जनाइएको छ ।
प्रतिक्रिया