बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक युवक पक्राउ परेका छन् ।
जयपृथ्वी नगरपालिका–१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ जानकारी दिइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया