ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नवजीवन अस्पतालले मनायो वार्षिकोत्सव, एक वर्षमा ४९ हजारको उपचार

शनिबार १७, फागुन २०८१ ०२:२६

धनगढी । कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ भने रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० वटा ट्राफिक डिभाइडर पनि हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ । 

०६२ साल फागुन १७ गते नवजीवन अस्पताल सञ्चालनमा आएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालले एक वर्षमा झण्डै ४९ हजार बिरामीको उपचार गरेको तथ्यांक सार्वजनिक गरेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक वर्षमा अस्पतालबाट ४८ हजार ९५३ जना बिरामीले उपचार सेवा पाएको जानकारी दिए । 

सुरुमा १५ शय्यामा सञ्चालित उक्त अस्पताल ०७९ असोजबाट एक सय शय्या क्षमतामा सञ्चालन भइरहेको छ । अस्पतालले गत वर्षदेखि १० शय्याको डायलाइसिस सेवा समेत चलाएको छ ।

नवजीवन अस्पतालबाट सामाजिक सुरक्षामा आवद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार पाइरहेका छन् । अस्पतालका अध्यक्ष ढुङ्गानाले सामाजिक सुरक्षामा आवद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेको भन्दै नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषबाट सम्मानित भइसकेको बताए । 

अस्पतालमा १७ किसिमका सेवा सञ्चालनमा छन् । विभिन्न शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको नवजीवनले २४सैं घण्टा १७ किसिमको उपचार सेवा रहेको अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले बताए ।

प्रतिक्रिया