ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि घोडाघोडीलाई

आइतबार १८, फागुन २०८१ ०६:१६

धनगढी । कैलालीमा भएको १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडी नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको छ । कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुर र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । 

प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदकसहित धनगढी उपमहानगरपालिका दोस्रो र  १२ स्वर्ण, १५ रजत र १२ कांस्य गरी ३९ पदकसहित गोदावरी तेस्रो भएको  छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ बिहीबारदेखि १५औँ कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सहआयोजनामा प्रतियोगिता भएको थियो ।
 

प्रतिक्रिया