काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा रहेका बालकृष्ण खाँणले देउवाको साथ छोडेको संकेत गरेका छन् । आइतबार नेपाली काङ्ग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले रुपन्देहीमा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायतका नेताहरू पुगेका थिए । प्रशिक्षणपश्चात् मन्तव्यको क्रममा केन्द्रीय सदस्य बालकृष्ण खाँणले संस्थापन समूह छाडेर कोइराला समूहमा आवद्ध भएको संकेत गरे ।
उनले पार्टी सभापतिको बोली आफूले नबुझ्ने तथा डाक्टरहरूको संगत गर्ने आशयको अभिव्यक्ति दिएका हुन् । खाँणले अब आफू डाक्टर बन्न नसके पनि दुई डाक्टरहरू (डा. शेखर र डा. मिनेन्द्र)को संगत गर्ने बताए ।
राजनीतिक जीवनभर देउवासँगै रहेका खाँण अब भने कोइराला समूहमा देखिने अवस्था आएको हो ।
प्रतिक्रिया