ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रचण्ड कैलालीमा, थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन हुँदै

मङ्गलबार २०, फागुन २०८१ ०८:३२

धनगढी । नेकपा माओवादी केन्द्रनिकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ । कैलालीको टीकापुरमा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनका लागि प्रचण्डसहित माओवादी शीर्ष नेताहरु टीकापुर पुग्दै छन् । सम्मेलनको उद्घाटनमा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरु टीकापुर पुग्ने थारु राष्ट्रिय मुक्ति मोर्चाले जनाएको छ ।

मोर्चाका कैलाली अध्यक्ष तिलक चौधरीका अनुसार सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्ला तथा उपत्यका विशेष जिल्लाबाट समेत करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने छन् । 

उद्घाटन समारोहमा कैलाली, कञ्चनपुर र बर्दियाबाट जनहभागिता पनि गराउने मोर्चाको तयारी छ । उद्घाटनमा १८ हजार जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले मोर्चाको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

प्रतिक्रिया