ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा आज सत्ता गठबन्धनको बैठक, यी विषयमा हुनेछ छलफल

मङ्गलबार २०, फागुन २०८१ ०८:४३

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सत्ता गठबन्धनको बैठक हुने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । 

सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ का विषयमा छलफल गर्न मुख्यमन्त्रीले बैठक बोलाएको बताइएको छ । 

बिहान १० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सभामुख भीमबहादुर भण्डारी, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्ट, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता र प्रमुख सचेतकबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया