धनगढी । कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ मा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ६२ वर्षीय पैदलयात्री प्रकाश केसीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर र ३१ वर्षीय ट्याक्टर चालक दिनेश रानालाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए ।
प्रतिक्रिया