धनगढी । साउनदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार साउन १ गतेदेखि सातै प्रदेशमा लाक्ष्सेन्स छपाइको काम हुने भएको हो ।
मेसिन किनेर कार्ड बनाउने वा कार्ड किन्ने भन्ने निर्णय भने प्रदेश सरकारले नै गर्नुपर्ने बताइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सातै प्रदेशका यातायात मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकमा बोल्दै त्यसको जानकारी दिएका हुन् ।
बागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि सुरु गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । आगामी कात्तिक–मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने उनले बताए । अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया