हेटाैंडा । मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे हाे ।
शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाकाे कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेकाे हुन सक्ने बताइएकाे छ ।
प्रतिक्रिया