प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट बाहिरिने क्रममा प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन भएको हो ।
सचिवालयको महासचिवस्तरीय निर्णयबाट सुनौलो नेपाल युट्युब च्यानलकाओली र युवा मन नेपाल च्यानलका श्रेष्ठको प्रवेश पास एक महिनाको लागि रद्द गरिएको हो ।
४ फागुनमा संसद भवनबाट बाहिरिँदै गर्दा उनीहरूले प्रधानमन्त्रीलाई तानाशाह र हिटलर भनेका थिए ।
प्रतिक्रिया