ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा जिप दुर्घटना, चालकको मृत्यु

बिहिबार २२, फागुन २०८१ ०८:०२

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका- २ मुल्लास्थित दार्चुला-दल्लेख भित्री सडक खण्डमा दल्लेखदेखि खलंगा जाँदै गरेको सु.प.प्र.००३-००१ ज ०००५ नम्बरको जिप एक्कासी अनियन्त्रीत भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार दुर्घटनामा सोही ठाउँ बस्ने २५ वर्षीय चालक महेश भुल गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल दार्चुला पुगाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै जिपमा सवार घाइते १५ वर्षीय सागर भुल र चालक महेश भुलका तीन वर्षीय छोरा धौले भुलको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । 

प्रतिक्रिया