ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- अहिलेकै सरकारले नयाँ बजेट ल्याउँछ

बिहिबार २२, फागुन २०८१ ०९:०७

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट अहिलेकै सरकारले ल्याउने बताएका छन् । प्रदेश सरकार परिवर्तन हुने चर्चाकाबीच मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेशसभा सदस्यको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट निर्माण प्रक्रियामा सरकार प्रवेश गरिसकेको बताए ।

`कोही कतै द्विविधामा नपर्नुहोस्, अहिलेकै सरकारले नयाँ बजेट ल्याउनेछ,´ मुख्यमन्त्री शाहले भने ।

उनले वर्तमान गठबन्धनको संघीय सरकार रहँदासम्म प्रदेश सरकार पनि निरन्तर रहने बताए । 

प्रतिक्रिया