ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली, यस्तो छ कार्यक्रम

शनिबार २४, फागुन २०८१ ०१:१२

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् । सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

ओली आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित भइरहेका छन् । ओलीले आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया