ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पूर्वमुख्यमन्त्री रावललाई कानुनविपरीत गाडी सुविधाः माओवादीले भन्यो– साधनस्रोतको दुरुपयोग भयाे

शनिबार २४, फागुन २०८१ ०२:१२

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कानुनविपरीत गाडी सुविधा प्रयोग गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले वर्तमान सरकारले साधनस्रोतको दुरुपयोग गरिरहेको बताएका हुन् । 

‘असम्बन्धित ठाउँमा प्रदेशसभाबाट हस्ताक्षर भएका पत्र गएका छन्,’ धामीले शनिबारको प्रदेशसभा बैठकमा भने, ‘एउटा मन्त्रालयलको साधनस्रोत छ । अर्को निकायले सञ्चालनको अनुमति प्रदान गरेको छ । यसको जिम्मेवार प्रदेशसभा हुनुपर्छ । दुई तिहाइको सरकार भएर पनि ऐन कानुन नबनाइ जबरजस्त रुपमा साधनस्रोतको दुरुपयोग भएको छ ।’

एमाले संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री रावलले कानुनविपरीत आन्तरिक मामिला मन्त्रालयको गाडी प्रयोग गर्दै आएका छन् । कानुनी रुपमा रावललाई गाडी सुविधा दिने व्यवस्था छैन । 

बिदाको दिन सरकारी गाडी प्रयोग गरेको अवस्थामा कञ्चनपुरका रास्वपाका कार्यकर्ताले रावललाई रोकेका थिए । सोही दिन उनले प्रदेशसभा सचिवालयलाई दबाब दिएर ब्याक डेटमा अनुमति पत्र बनाउन लगाएका थिए । कानुनी रुपमा उक्त गाडीको सवारी पास दिने अधिकार प्रदेशसभालाई पनि छैन । 
 

प्रतिक्रिया