शनिबारदेखि टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवमा विभिन्न विधाका व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरिएको छ ।
टीकापुर साहित्य महोत्सको दोस्रो संस्करणमा शिक्षासेवी धनञ्जय तिमिल्सिना र बलबहादुर रावललाई संयुक्त रूपमा एक लाख नगद राशिको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार प्रदान गरिएको छ । टीकापुर नगरको स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि तिमिल्सिना र रावललाई पुरस्कृत गरिएको हो ।
उनलाई टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको हो । त्यसै गरी महोत्सवमा अमित चौधरीलाई नगद २५ हजार रूपैयाँको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरियो ।
शनिबारदेखि जारी महोत्सवमा ऐंठन उपन्यासका लेखक मदन पुरस्कार विजेता लेखक विवेक ओझालाई ५० हजार नगद पुरस्कार प्रदान गरियो । तीन दिने महोत्सव सोमबार समापन हुनेछ ।
प्रतिक्रिया