धनगढी । कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका–९ खाती चोकमा सुपप्र०२–००१ क ५९२ नम्बरको टेलर गाडीले ठक्कर दिँदा बैतडीको शिवनाथ गाउँपालिका–५ सरमाईलीका ४० वर्षीय सुन्दरसिंह साउदको मृत्यु भएको हो ।
पुनर्वासमा दाजुको घरमा बस्दै आएका साउदको घटनास्थलमै मृत्यु भएको थियो । टेलर गाडी र चालक भीमदत्त नगरपालिका–११ भुजेला बस्न ३८ वर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया