ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आज उम्मेदवारी दर्ता

सुदूरपश्चिमका ५३ कलेजमा स्ववियू निर्वाचन

मङ्गलबार २७, फागुन २०८१ १०:५६

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता सुरु भएको छ । ५ चैतमा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो । 

उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । दर्ता भएका सबै विद्यार्थी संगठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए ।

निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । 

यस्तै सुदूरपश्चिमका त्रिविअन्तर्गत रहेका ५३ कलेजमा निर्वाचन हुने बताइएको छ । प्रदेशभर त्रिवि मातहतका ७६ कलेज भए पनि ५३ वटामा मात्रै संगठन दर्ता भएको छ । सबैभन्दा बढी कञ्चनपुरमा १५ कलेजमा निर्वाचन हुँदै छ ।  यस्तै कैलालीमा ११, बझाङमा सात, बैतडीमा छ, अछाममा छ, दार्चुलामा चार, डोटीमा दुई तथा डडेल्धुरा र बाजुरामा एक–एक कलेजमा निर्वाचन भइरहेको हो । 

प्रतिक्रिया