ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा होली मनाउँदा यी गतिविधि गरे कारबाही

बुधबार २८, फागुन २०८१ ११:३२

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ । आज एक सूचनामार्फत प्रशासनले होली मनाउँदा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि गरे कारबाही गरिने चेतावनी पनि दिएको छ । 

‘होली मनाउने नाममा अवाञ्छित गतिविधि जस्तै जथाभावी रंग लगाउने, कोही कसैको इच्छाविपरीत हानिकारक बस्तु दल्ने, प्लाष्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादकपदार्थ सेवन गरि सवारी चलाउने, बाटोमा हिड्ने व्यक्तिहरुलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थको सेवन गरी सार्वजनिक स्थलमा नाँचगान तथा हो–हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुगाउने खालका कानूनविपरितका क्रियाकलापहरु नगर्न अनुरोध छ,’ सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘साथै बेलुकी ९ बजेसम्म होली पर्वलाई सभ्य, मर्यादित र हर्षोल्लासपूर्वक मनाउन हुन सम्पूर्ण जिल्लाबासीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

कसैबाट सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम सजाय हुने पनि चेतावनी दिइएको छ । 
 

प्रतिक्रिया