धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा अधिकृतले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन् ।
लेखा अधिकृतहरुले प्रदेश निजामती सेवाको नवौं तहमा प्रशासन सेवाका समूहहरु हटाउनुपर्ने र लेखा समूहको ओएण्डएम गर्नुपर्ने, प्रदेश लोकसेवा आयोगले २०८१ फागुन २० मा खोलेको प्रशासन सेवाको विज्ञापन स्थगित गर्नुपर्ने, पुनः पछि एकमुष्ट विज्ञापन गर्नुपर्ने माग राख्दै धर्ना दिएका हुन् ।
यी दुई विकल्प पूरा गर्न नसकिने भए सुदूरपश्चिम प्रदेशमा समायोजित लेखा अधिकृतलाई संघमै फिर्ता पठाउनुपर्ने माग उनीहरुले राखेका छन् । तीन बुँदे माग राख्दै एक हप्तादेखि लेखा समूहका कर्मचारीको सङ्घर्ष जारी रहेको छ । आन्दोलनरत लेखा समूहका कर्मचारीले प्रदेश लेखा नियन्त्रक कार्यालयसहित नौवटै जिल्ला कार्यबाट भुक्तानी ठप्प गरेका छन् ।
प्रतिक्रिया