ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङका भूकम्पपीडितले अझै पाएनन् दोस्रो किस्ता

शुक्रबार ३०, फागुन २०८१ १०:२०

बुङ्गल ।बझाङका भूकम्पपीडितले अझै पनि दोस्रो किस्ता पाएका छैनन् । 

जिल्लाकाे बुङ्गल नगरपालिकाका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन नसकेको गुनासो गरेका हुन् ।

गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो ।

अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन् ।

 

प्रतिक्रिया