धनगढी । कैलालीको धनगढीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका- १९ मा रहेको फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको नदीमा नुहाउने क्रममा मृत्यु भएको हो ।
दिनेश र आशिषसंगै सोही ठाउँ बस्ने १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय अदर्श पुजारा पनि नुहाउन मोहना नदी गएका थिए । चारै जना नुहाउने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल बीओपी फुलबारीबाट संयुक्त टोली घटनास्थल पुगेको थियो ।
खोजतलास गर्दा धामी र पुजारालाई सकुसल उद्दार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पुगाइएको प्रदेश प्रहरीले जनाएको छ । दिनेश र आशिषलाई घटनास्थलबाट २५/३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया