बैतडी । बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएको छ । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
कार्यालयका सूचना अधिकारी पवनकुमार शाहीले एक वर्ष पहिले नै २० हजार परिचयपत्र जिल्लामा पुगेको भए पनि तीन हजार ९२ परिचयपत्र मात्र वितरण भएका छन् ।
राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दाजस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचयपत्र दिन मिल्ने सूचनाअधिकारी शाहीले बताए ।
प्रतिक्रिया