ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा सडक छेउमा पुरुष मृत फेला

शनिबार ०२, चैत २०८१ ०३:२६

बैतडी । बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली ४२ वर्षीय पुरुषको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार बिहान ८ बजे महाकाली राजमार्गअन्तर्गत पर्ने सडक छेउमै पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया