धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गेटा मेडिकल कलेज नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका– ४ बस्ने ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो ।
आइतबार राति भएको दुर्घटनामा सुवेदी गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मध्यराति मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल सवार बाजुराको बुढिनन्दा गाउँपालिका– ४ बस्ने २४ वर्षीय जनक रोकायाको समान्य घाइते भएका थिए । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । सुपप्र ०१–००९ प १२५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया