ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको ऐश्वर्यमा नेविसंघले विरासत फर्कायो, सभापतिमा भट्ट

बुधबार ०६, चैत २०८१ ०९:००

धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  विरासत फर्काएको छ । कैलालीको धनगढीमा रहेको उक्त क्याम्पसमा  झण्डै डेढ दसकपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो ।

निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट विजयी भएका छन् । उनले ५३३ मत पाए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए ।

यस्तै सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत पाएर विजयी भएका छन् । उनीहरु दुबै पनि नेविसंघ नेतृत्वकै प्यानलका हुन् । दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएकाे मतदानमा एक हजार ४०३ मत खसेेकाे थियाे । ऐश्वर्यमा यसअघि तीन पटक स्ववियु निर्वाचन भएको छ ।

डेढ दसकअघि भएको स्ववियु निर्वाचनमा नेविसंघकै राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए । दोस्रोपटक भएको स्ववियु निर्वाचनमा सभापतिमा राप्रपा निकट विद्यार्थी संघका कमल बम विजयी भए । सभापतिबाहेक सबै पदमा भने नेविसंघ विजयी भएको थियो ।

तेस्रोपटक ०७९ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी भएको थियो । अनेरास्ववियुका कुबेर खड्का सभापतिमा विजयी भएका थिए । डेढ दसकपछि ऐश्वर्य जित भएपछि नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले ऐतिहासिक जित भएको बताएका छन् । 

प्रतिक्रिया