ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार ०६, चैत २०८१ ०२:४५

काठमाडौं । सरकारले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  ४ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले चैत्र २४ गते रामनवमीका दिन सार्वनजिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरेको छ । बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ भने ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरिएको उनले बताए ।

मन्त्रिपरिषद्ले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा,सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने र जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया