धनगढी । कैलालीको धनगढीमा २१ वर्षीया युवतीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित बी गाउँका २४ वर्षीय राजेश बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार सोही ठाउँकी २१ वर्षीया युवतीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
‘उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ नै बिष्टलाई पक्राउ गरेका थियौं,’ डीएसपी बोहराले भने, ‘अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको छ ।’
प्रतिक्रिया