ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको खाँचो : पाण्डेय

बिहिबार १३, मङि्सर २०८१ ०४:१५

होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्नसके भारतबाट यहाँ ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने संभावना रहेको उनले बताए ।

अग्रलेख मल्टिमिडिया प्रालिले आज धनगढीमा आयोजना गरेको अग्रलेख संवादमा अध्यक्ष पाण्डेयले प्रदेश सरकारले यहाँका पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाइ दिने, व्यवसाय गर्नका लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने कार्य गरे यहाँको आर्थिक विकासमा टेवा पुग्ने धारणा राखे ।

‘पर्यटकीय स्थलमा पूर्वाधार बनाइदिने, केही गर्न चाहनेलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराइदिने काम प्रदेश सरकारले गरिदिनसक्छ’ अध्यक्ष पाण्डेयले भने, ‘पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार गर्नसके यहाँ भारतीय पर्यटक तान्नसक्ने ठूलो संभावना छ ।’ 

प्रदेश सरकारले पनि यहाँ उद्योग, व्यवसायको क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउन नसकेको उनले गुनासो गरे । पश्चिम सेती, मेडिकल कलेज, फाप्ला क्रिकेट मैदानलगायत ठूला आयोजनाहरु अगाडि बढ्न नसक्दा पनि प्रदेशको विकास हुन नसकेको उनले बताए ।
 

प्रतिक्रिया