धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ३७ क्याम्पसमा चुनाव सम्पन्न भएको छ । ३६ मध्ये नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबैभन्दा बढी क्याम्पसमा जित हात पारेको छ । नेविसंघ १७ क्याम्पसमा विजयी भएको छ । अनेरास्ववियु नौ र अखिल (क्रान्तिकारी) पनि नौ कलेजमा विजयी भएको छ ।
कैलालीको चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीको बराबर मत आएको छ । निर्वाचन अधिकृत रमेश भट्टका अनुसार दुबै उम्मेदवारले समान १५५ मत ल्याएका छन् । ‘गोलाप्रथा गर्ने वा कार्यकाल बाड्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले नै टुंगो लागिसकेको छैन ।’
यस्तै अछामको कैलाश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका केशरी तिरुवा सभापतिमा निर्विरोध भएको भनिएकोमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सुदूरपश्चिमका त्रिभुवन विश्वविद्यालयअन्तर्गत ७६ कलेज भए पनि ५३ कलेजमा मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । ५३ मध्ये पनि केही कलेजमा विद्यार्थी संगठनले तालबान्दी गर्दा निर्वाचन अवरुद्ध भएको छ भने केही कलेजमा निर्वाचनको मिति सारिएको छ ।
नेपाल विद्यार्थी संघ
१) ऐश्वर्य बहुमुखी क्याम्पस– दीपकराज भट्ट
२) फूलबारी बहुमुखी क्याम्पस– भुवन जोशी
३) मोहन्याल बहुमुखी क्याम्पस– झंकर बुढा
४) रघुनाथ बहुमुखी क्याम्पस– रञ्जित परियार
५) बिरेन्द्र बहुमुखी क्याम्पस– गोपाल खत्री
६) रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस– मोहन जैसी
७) भानु बहुमुखी क्याम्पस– सुवास नेगी
८) जनता क्याम्पस– विकास खड्का
९) कञ्चन बहुमुखी क्याम्पस– सुनिल ऐर
१०) कृष्ण बैजनाथ बहुमुखी क्याम्पस– करनप्रसाद भट्ट
११) डडेल्धुरा बहुमुखी क्याम्पस– गौरव ऐर
१२) डोटी बहुमुखी क्याम्पस– इन्द्र राणा
१३) ग्राम प्रकाश बहुमुखी क्याम्पस– कविता साउँद
१४) सेटिगाउँ बहुमुखी क्याम्पस– कृष्णसिंह रावल
१५) अपिनम्पा क्याम्पस– शेरबहादुर बम
१६) राष्ट्रिय क्याम्पस– लिलु भट्ट
१७) त्रिपुरा बहुमुखी क्याम्पस– कमल कुँवर
अनेरास्ववियु
१) दानेश्वर बहुमुखी क्याम्पस– बिमला रावल
२) नवप्रभात संयुक्त क्याम्पस– सपना चन्द
३) श्रीकोट बहुमुखी क्याम्पस– नवीन कपाडी
४) शिक्षा क्याम्पस– अकबर चन्द
५) लटिनाथ क्याम्पस– रुकेश विष्ट
६) कृष्ण स्नातक क्याम्पस– ओमकार पाल
७) सेती क्याम्पस– दीपेन्द्र दौल्याल
८) बुढिनन्दा क्याम्पस– भाष्कर शाही
९) सुनकुडा क्याम्पस– कपिल बिष्ट
अखिल क्रान्तिकारी
१) लम्की बहुमुखी क्याम्पस– तपेद्र प्याकुरेल
२) बुलबुले बहुमुखी क्याम्पस– विवेक चौधरी
३) खप्तड बहुमुखी क्याम्पस– सागर चौधरी
४) राष्ट्रिय कलेज– सुन्दर गौतम
५) महाकाली बहुमुखी क्याम्पस– दीपक चौधरी
६) रामपुर बहुमुखी क्याम्पस– रविना राना
७) शंकरपुर क्याम्पस– जानकी टमटा
८) शान्ति आदर्श बहुमुखी क्याम्पस– बम धामी
९) केदार सूर्य बहुमुखी क्याम्पस– यशोदा बोहरा
प्रतिक्रिया