धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तीन तहको सरकारबीच समन्वय, सद्भाव र एकता हुन आवश्यक रहेको बताएका छन् । कपिलवस्तुस्थित खुरुहुलियामा आयोजना गरिएको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख मियाँले मुलुकको संवृद्धि र विकासको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् ।
‘तीनै तहको सरकारको एकल र साझा अधिकारको विषय संविधानमा उल्लेख गरिएको छ,’ उनले भने, ‘ती अधिकारहरूमा रहेर नागरिकहरूलाई सेवा दिनुपर्छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय हुनुपर्छ । त्यसो हुँदा मात्रै संवृद्धि र विकास चाँडै आउन सक्छ ।’
संविधानमा सबै वर्ग र समुदायका लागि पर्याप्त अधिकार उल्लेख गरिएको भन्दै प्रदेश प्रमुख मियाँले संविधानको रक्षा गर्न आवश्यक रहेको बताएका थिए । आफू लुम्बिनीवासी भए पनि सुदूरपश्चिममा प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दा कुनै समस्या वा सकस नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया