ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

काठमाडौंमा राप्रपाको खबरदारी सभा

मङ्गलबार २६, चैत २०८१ ०३:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा खबरदारी सभा गरेको छ । काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा गरिएको हो । 

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् । 

पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ ।

प्रतिक्रिया