ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्ण मल्ल राजावादी आन्दोलनमा

बुधबार २७, चैत २०८१ ०२:५१

धनगढी । नेपाली कांग्रेस (वीपी)का उपसभापति कर्ण मल्ल राजावादी आन्दोलनमा मिसिएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि नेपाली कांग्रेस (वीपी) मा गएका डडेल्धुराका नेता मल्ल राजावादीको आन्दोलनमा मिसिएका हुन् । 

राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा. जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलनमा उनले सहभागी हुने प्रतिवद्धता जनाएका छन् । समितिले बुधाबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएका मल्लले आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन् । 

अहिलेका शासकहरुले नेपालको पहिचान र धर्म मासिरहेको भन्दै मल्लले राजा ज्ञानेन्द्र शाह नेतृत्वमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । मल्ल ०७९ सालको प्रतिनिधिसभा निर्वाचन काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्व लडेका थिए । उनी निर्वाचनमा तेस्रो भएका थिए । 

प्रतिक्रिया