ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्ववियु निर्वाचन : टीकापुर क्याम्पसमा मतगणना सुरू

बिहिबार २८, चैत २०८१ १२:३९

टीकापुर । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको छ । हिजो साँझ साढे ७ बजेदेखि हुने भनिएको मतगणना विवादका कारण सुरु हुन सकेको थिएन ।

विवादित विषयमा सहमति जुटेपछि मतगणना कार्य सुरु भएको निर्वाचन समिति संयोजक आत्माराम अधिकारीले जानकारी दिए । उनका अनुसार वर्तमान स्ववियु सभापति नृपजंग थापालाई अनुगनमनका लागि मतगणना स्थलमा जान दिने सहमति भएको छ ।

उनको उपस्थितिमा पक्ष विपक्ष भएर संयुक्त प्यानल र नेविसंघबीच विवाद भएपछि मत गणना रोकिएको थियो । त्यस्तै तीनै जना सभापतिका उम्मेदवारलाई समेत मतगणना स्थलमा अवलोकनका लागि जान दिने सहमति भएको छ । संयोजक अधिकारीले प्रतिनिधि संख्या घटाउने बारेमा समेत सहमति जुटेको छ ।

उनका अनुसार उम्मेदवार रहेको संगठनलाई मात्रै मत गणनास्थलमा तीन जना प्रतिनिधि राख्न दिने सहमति भएको छ । यसअघि हरेक संगठनलाई ३/३ जना प्रतिनिधि राख्ने भनिएको थियो ।

स्ववियु निर्वाचनमा एक हजार २५४ मत खसेको छ । 

प्रतिक्रिया