ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बस र हायस ठोक्किएर दर्घटना, तीन जना घाइते

शनिबार २०, बैशाख २०८२ १२:५४

धनगढी । कैलालीमा बस र इभी हायस ठोक्किएर दर्घटना हुँदा तीन जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका–३ सल्लेरीमा बस र इभी गाडी ठोक्किँदा तीन जना घाइते भएका हुन् । 

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२–००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२–००१ ज ५०७ नम्बरको इभी सल्लेरीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा इभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ बस्ने ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने २० वर्षीया निर्मला भट्ट घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ । 

प्रतिक्रिया