धनगढी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । आयोग समानुपातिकको मतपत्र छापेर प्रत्यक्षतर्फ मतपत्र छपाइको काम गरिरहेको छ । दलहरू भने निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त छन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले मत खसाल्न पाउनेछन् । सुदूरपश्चिम प्रदेशमा भने १७ लाख बढी मतदाता छन् । यहाँ १६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
कैलालीमा पाँच, कञ्चनपुरमा तीन र अछाममा दुई निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा भने एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
हेर्नुहोस् सुदूरपश्चिमका कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन्
प्रतिक्रिया