धनगढी । कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो अत्तरियाबाट पक्राउ गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रकाश मल्लले दिएको जानकारीअनुसार उनी घोल गाढ्ने गिरोहमा सक्रिय छन् । भारतबाट गरगहना र नगद चोरी गर्ने समूहलाई घोल गाढ्ने गिरोह भनेर परिचय गराइन्छ ।
उनीसंगै अन्य तीन जना व्यापारी पक्राउ परेका छन् । प्रहरीले सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया