ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राष्ट्रिय युवा संघको महासचिवमा धनगढीका शाहको दाबेदारी

शनिबार ०३, जेठ २०८२ ११:१८

धनगढी । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुँदैछ । देशभरिबाट एक हजार ९०० प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । 

पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यमा सीमित हुँदैछ । त्यसभित्र जम्मा नौ पदाधिकारी चयन गर्नुपर्नेछ ।

अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ । महाधिवेशन नजिकिदै गर्दा अध्यक्षका आकांक्षी भने पाँच जना देखिएका छन् । महासचिवमा हालका सचिव इन्जिनियर विनय शाहको दाबेदारी छ । 

धनगढीका ३५ वर्षीय शाह ०७९ चैतमा नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए । शाहले ०६० सालमा अनेरास्ववियुको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । 

त्यसबेला उनी पोखरा विश्वविद्यालयको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म बनेका थिए । त्यसपछि एसिया स्टुडेन्ट्स एसोसिएसनको संयोजक, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रदेश अध्यक्ष, विदेश विभाग प्रमुख हुँदै हाल केन्द्रीय सचिव छन् ।

प्रतिक्रिया