ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मझगाउँ विमानस्थलमा धावनमार्ग कालोपत्रेको काम सुरु

बिहिबार ०८, जेठ २०८२ ०४:५५

कञ्चनपुर । कञ्चनपुरको मझगाउँ विमानस्थलमा धावनमार्ग कालोपत्रेको काम सुरु भएको छ। विमानस्थलका लागि १५ सय २५ मिटर धावनमार्ग निर्माण हुनुपर्नेमा अहिले १३ सय मिटरमै कालोपत्रे भइरहेको हो।

असारभित्रै कालोपत्रेको काम सक्ने लक्ष्य रहेको छ । फागुन पहिलो साता गृह मन्त्रालयमा भएको छलफलमा नेपाली सेनाले प्रयोग गरिरहेको छ बिघा जमिन विमानस्थल निर्माणका लागि छाड्ने र सेनाले बनाएका संरचना र खेल मैदान निकुञ्जकै जमिनमा निर्माण गर्ने सहमति भएको थियो । तर, हालसम्म उक्त सहमति कार्यान्वयन हुन सकेको छैन ।

पहिलो चरणको धावनमार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको बताइएको छ । 

मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानी रहने छ ।

प्रतिक्रिया