ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रवि लामीछानेको रिटमाथि आज पनि सर्वोच्चमा सुनुवाइ हुँदै

शुक्रबार ०९, जेठ २०८२ ११:४३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । सुनुवाइमा सरकारी वकिलको बहस सकिएको छ भने आज जाहेरवालाको बहस हुनेछ। दुवै व्यक्तिहरू सहकारी ठगी प्रकरणमा थुनामा रहेका छन् ।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।

रवि र छविकातर्फका अधिवक्ताहरूले हिजो बहस गरेका थिए । सरकारी वकिलको बहस पनि सकिएको छ । आज जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ । लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो । रविले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

प्रतिक्रिया