ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउनु पर्छ : पाठक

शुक्रबार ०९, जेठ २०८२ ०२:४७

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सरकारी स्वास्थ्य सेवाको गुणस्तर बढाउनु पर्ने बताएका छन् । उनले सरकारी अस्पतालको सेवाको गुणस्तर बढाउँदै लैजाने र निजि अस्पतालको नियमन गर्ने कुरा सँगसँगै लगे जनताले स्तरीय सेवा पाउने बताए ।

‘हामीले सरकारी सेवाको गुणस्तर बढाउँदै जाने हो । निजि क्षेत्रका अस्पताललाई नियमन गर्दै जाने हो’ अग्रलेख मल्टिमिडिया प्रालिले आज धनगढीमा गरेको स्वास्थ्य सेवाको अवस्था : नीति र पहुँचको समीक्षा कार्यक्रममा पाठकले भने, ‘त्यो दुवै कुराको सन्तुलन भयो भने जनताले बल्ल सेवासुविधा पाउँछन् ।’

स्वास्थ्य क्षेत्रमा केही बेथितिहरु भए पनि केही कामहरु पनि भएका उनको भनाइ थियो । सभापति पाठकले भएका राम्रा कामहरुलाई बचाएर लैजानुपर्ने र थप कामहरु गर्नुपर्ने बताए । उनले सेवाग्राहीको लाइन व्यवस्थापन, ज्येष्ठ नागरिकलाई छुट्टै सेवा दिनेजस्ता ससाना सुधारका पक्षहरुमा ध्यान दिनुपर्ने बताए ।

सभापति पाठकले उपचारसँगै रोकथामको पाटोमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । मानसिक रोग, नसर्ने रोग सरकारको प्राथमिकतामा हुनुपर्ने उनको भनाइ थियो ।   
 

प्रतिक्रिया