ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट बिहेमा गएकी किशोरीमाथि बन्धक बनाएर सामूहिक बलात्कार

आइतबार ११, जेठ २०८२ ०४:०५

धनगढी । कैलालीकी एक किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ मा सामूहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले दिएको जानकारीअनुसार ती किशोरी २ जेठमा आफन्तको बिहेमा गोदावरीबाट कृष्णपुर गएकी थिइन् । 

‘दुई गतेदेखि नै बन्धक बनाएर पटकपटक बलात्कार भएको भन्दै आइतबार बिहान जाहेरी आएको छ,’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘बलात्कारमा संलग्न पाँच जना रहेको भन्दै जाहेरी आएकोमा अहिलेसम्म एकजना पक्राउ परेका छन् ।’ पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै एक युवकलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको इन्सपेक्टर बस्नेतले बताए । 

किशोरी बेपत्ता भएपछि आफन्तले खोजी गर्दा उनी कृष्णपुरमा भेटिएकी थिइन् । प्रहरीलाई भने घटनाबारे शनिबर जानकारी आएको थियो । 
 

प्रतिक्रिया