ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

सोमबार १२, जेठ २०८२ ०१:०१

धनगढी । कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो ।

साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ ।  

जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ । समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए । 

उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ । 

एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान भर्ने तयारी थालेको हो ।
 

प्रतिक्रिया