धनगढी । सुदूरपश्चिम प्रदेशका १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने केन्द्र जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले आयोजना गरेको प्रदेशस्तरीय मनसुन फोरममा यस्तो जानकारी दिइएको हो ।
सो कार्यक्रममा यो वर्षको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, सम्भावित जोखिमको आँकलन र विपद् पूर्वतयारीका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक सामग्री उपलब्ध गराउँदै आएको र विपद् सम्पर्क व्यक्तिको क्षमता अभिवृद्धि गर्न मन्त्रालयले निरन्तर काम गरिरहेको बताए ।
प्रतिक्रिया