धनगढी । गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नबारे गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा जवाफ दिने पनि निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत विपक्षी दलहरूले भने गृहमन्त्री लेखकको राजीनामा माग्दै आएका छन् ।
प्रतिक्रिया