धनगढी । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको र असत्य हल्ला फैलाइएको दाबी गरेका हुन् ।
‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन्,’ उनले भने, ‘त्यो असत्य र बेठीक कुरा हो । मेरो कुनै संलग्नता छैन ।’
गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धानमा सघाउन आफू तयार रहेको बताए ।
उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’
प्रतिक्रिया