ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर नाउपाका अध्यक्ष रानाले गरे पार्टी परित्याग

बिहिबार १५, जेठ २०८२ ०२:३१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्दकुमार रानाले पार्टी परित्याग गरेका छन् । नाउपा कञ्चनपुरका जिल्ला अध्यक्ष समेत रहेका रानाले नेतृत्वले पार्टी स्थापनाको मूल मर्म बिर्सिएको भन्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका हुन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रानाले नाउपा पनि परम्परागत संसदीय दलहरुको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तकृत समुदायको पहिचान, स्वतन्त्रता, समृद्धिको पक्षमा भूमिका विश्वासमाथि कुठाराघात भएको आरोप लगाएका छन् ।

पार्टीका पछिल्ला गतिविधि हेर्दा नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारका कारण जिम्मेवारीमा बसिराख्न उचित नहुने ठानेर पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया