धनगढी । डडेल्धुरामा विमानस्थल निर्माण गर्न विस्तृत अध्ययन हुने भएको छ । अजयमेरु गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माण गर्नका लागि नेपाल सरकारले विस्तृत अध्ययन गर्ने भएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये विमानस्थल नभएको जिल्ला डडेल्धुरा मात्रै हो । पुइलेकमा विमानस्थल निर्माणका लागि चार पटक प्रारम्भिक अध्ययन भइसकेको छ ।
प्रतिक्रिया