ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शिलान्यासको चार वर्षसम्म पनि सुरु भएन दैजीमा औद्योगिक क्षेत्रको काम , बजेटमा के भनियो ?

बिहिबार १५, जेठ २०८२ ०४:१८

धनगढी । चर्चाको तीन दशक र शिलान्यासको चार वर्ष पुगे पनि कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छैन । कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलोपटक ०५२ मा त्यहाँ औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको थियो ।

करिब १० वर्षअघि ०७२ साल चैत १ गते मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र बनाउने मन्त्रिपरिषद् निर्णयको करिब पाँच वर्षपछि २०७७ फागुन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।

तर, अहिलेसम्म त्यहाँ काम सुरु भएको छैन । रुख कटानको अनुमित पनि प्राप्त भएको छैन । दैजीमा औद्योगिक क्षेत्र स्थापनाको विषयमा आगामी बजेटमा पनि अटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने बताए । 

प्रतिक्रिया