धनगढी । कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताएका हुन् ।
विश्वविद्यालय सञ्चालनका लागि जेठ ४ गते दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ ।
अर्थमन्त्री पौडेलले डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन गरिएको बताए ।
प्रतिक्रिया